उनको नेपाल भ्रमण ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा हुँदैछ। मन्त्री खड्काले माघ ३० गते भारत भ्रमणका क्रममा खट्टरलाई नेपाल आउन निमन्त्रणा दिएका थिए ।
भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले संयुक्त रूपमा भारतको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम छ। इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार खण्डमा पर्ने उक्त लाइनसँगै तीनवटा सबस्टेसनहरू पनि उद्घाटन गरिनेछ।
त्यसका साथै खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण गर्नेछन् । भ्रमणको क्रममा नेपाल–भारत बीच संयुक्त रूपमा निर्माण गरिने प्रसारण लाइन कम्पनीसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
संवाददाता










