काठमाडौं । शिक्षक आन्दोलनको २१ औं दिन आज पनि शिक्षकहरू सडकमै छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन जारी राखेका शिक्षकहरू आज पनि कम संख्यामा देखिएका छन् ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान लिएका शिक्षकहरू लामो समयदेख माइतीघर(बानेश्वरको सडकमा छन् ।

यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेपनि शिक्षकहरू आज पनि सडकमा छन् ।

तर, सडकमा सहभागी शिक्षकको संख्या भने विस्तारै पातलिँदै गएको छ । शिक्षकहरू क्रमिक रुपमा फर्किने क्रम जारी छ ।