काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षीय डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो । उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए ।