पर्सा । प्रहरीले पर्साको सानोपाइला बचत सहकारी ठगीको अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको हो । प्रहरीले ४१ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी पनि छन् । प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ ।
लामिछानेसँग ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीसँग ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । यस्तै फरार मुख्य अभियुक्त जीबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ मागदावी गरिएको हो ।
संवाददाता










