काठमाडौं । देशभरी परेको पानीका कारण विभिन्न राजमार्ग अवरोध भएको छ ।नेपाल प्रहरीका अनुसार अविरल वर्षा, पहिरो र बाढीका कारण मुख्यतयाः प्रमुख सडकहरू अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण बागमती नदीले कल्भर्ट भत्काउँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ ।
नवलपरासी पूर्वको बिनयी खोलमा आएको बाढीले विनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पूर्ण रूपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ ।

संवाददाता










