काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (जेठ ४) सुन ताेलाकाे एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।