काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन एक हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ पुगेको हो ।