काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल लनेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलको बैठक जारी रहेको छ । प्रतिपक्षी दलहरुले विगत केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरिराखेका छन् । आजको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्ने विपक्षी दलको बैठक बसेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यामन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सो क्रममा भट्टराईले दैनिक ५० लाख रुपैयाँ माथिल्लो निकायलाई दिने गरेको बयान दिएको बताइएको छ । अख्तियारको नियन्त्रणमा परेर अहिले निलम्बित अवस्थामा रहेका भट्टराईको बयानको आधारमा प्रतिपक्षीले संसद अवरोध अन्त्य गर्न राजीनामालाई बटमलाइन बनाइरहेका छन् ।
संवाददाता










