काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ ।

आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ ।