काठमाडौं । मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बिच बैठक हुन लागेको हो ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएअनुसार छलफल दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
यसअघि बुधबार नेताहरु छलफलमा जुट्ने तयारीमा थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएपछि छलफल स्थगित भएको थियो ।
यद्यपि, प्रधानमन्त्री ओलीले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए ।
बताइएअनुसार बैठकमा जारी संसद अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।
विशेषगरी गरी भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी रास्वपा र राप्रपाले संसद बैठकमा अवरोध गरिरहेका छन् । लगातारको अवरोधका बिच बजेटमाथिको बहससमेत व्यवस्थितरुपमा अगाडि बढ्न सकेको छैन ।
संवाददाता










