काठमाडौं, २५ असार । प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीबाट भूमि विधेयक हटाइएको छ ।

आज पारित गर्ने भनिए पनि सांसदहरूको विरोधपछि कार्यसूचीबाट हटाइएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयकमाथि छलफल नपुगेको भन्दै कार्यसूचीबाट हटाउन माग गरेका थिए ।

अन्य पार्टीका सांसदहरूले पनि विरोध गरेपछि कार्यसूचीबाटै हटाइएको हो ।