काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले बहुआयामिक संकटबाट गुज्रिरहेको बताएका छन् । उनले नेपाली कांग्रेस पनि अहिले ‘स्वर्ग र नर्कको पासो र गोलचक्कर’ मा परेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘ हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाडा भनिरहँदा या पटक पटक संसद् विघटनका श्रृंखला हेर्दा, प्रतिगमनकारीहरु सलबलाउँदा या व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउने आधार यस बीचमा देखिएन ।
संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेस, एकपछि अर्को स्वेच्छाचारी श्रृंखलाहरु जसरी अगाडि बढाईएको छ, जसरी प्रतिशोध र अहकारी व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेकोजस्तो मैले महशुस गरेको छु ।’
संवाददाता










