काठमाडौं, ३१ असार । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ ।
अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ ।
दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ ।
कार एक रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
संवाददाता










