काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उनले आज प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका हुन् ।

आफूलाई नखाएको विष लागेको उनले दावी गरे । प्रविधिको प्रयोग गरेर आफूलाई सिकार बनाइएको उनको भनाइ छ ।