विजय थापा, राष्ट्रवादी युवा नेता, राप्रपा नेपाल
गत चैत्र १५ गतेको आन्दोेलनको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युवा नेता विजय थापाको भनाई रहेको छ । हिजोका दिनमा २००७ सालदेखि नै अन्य राजनीतिक परिवर्तनको नाममा जनता मार्ने काम गरे तर जिम्मेवारी लिएनन् । गत साताको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै संलग्नता नभएको भएपनि जिम्मेवारी लिनुपर्छ भन्नु गलत छ । उक्त आन्दोलन राजाको नभई देशभक्त र राष्ट्रवादीहरुको आन्दोलन हो उनले भने ।
काठमाडौँ । गत हप्ता राजसंस्था पक्षधरहरूलाई शान्तिपूर्ण विरोध प्रदर्शनका लागि स्थानीय प्रशासनले काठमाडौंको तीनकुने क्षेत्र प्रदान गरेको थियो । तर प्रज्वलनशील इन्धनको डिपो र अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको स्थानमा आन्दोलन अशान्त देखियो । आन्दोलनका क्रममा एक टेलिभिजन पत्रकारसहित दुई जनाको ज्यान गयो । विमानस्थलभित्र आगो फ्याँकियो ।
कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टजस्ता सञ्चारगृहका कार्यालयमा आक्रमण गरियो । एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरियो । निजी घर, गाडी तथा सार्वजनिक सम्पत्ति जलाइयो । भाटभटेनी सुपरमार्केटमा लुटपाट गरियो । आगो निभाउन गएको दमकलसमेत रोकियो, तोडफोड गरियो र फर्काइयो । यसमा हामी दुख व्यक्त गर्न चाहन्छौं”थापाले भने ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीमाथि धरपकड गरियो र आगो लगाइयो । त्यस आन्दोलनमा प्रहरी तथा राज्यको घुषपैठ भएको र आन्दोलनकारीको कुनै दोष नभएको उनको प्रष्टोक्ति रहेको छ । आन्दोलन अझ शसक्त हुने उनको भनाई छ । र अहिले राष्ट्रवादी आन्दोलनमा अन्तराष्ट्रिय समर्थन पनि रहेकोले वर्तमान गणतन्त्रवादीहरु बर्बराएको अवस्था छ उनले भने ।
गत चैत्र १५ गतेको आन्दोेलनको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युवा नेता विजय थापाको भनाई रहेको छ । हिजोका दिनमा २००७ सालदेखि नै अन्य राजनीतिक परिवर्तनको नाममा जनता मार्ने काम गरे तर जिम्मेवारी लिएनन् । गत साताको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै संलग्नता नभएको भएपनि जिम्मेवारी लिनुपर्छ भन्नु गलत छ । उक्त आन्दोलन राजाको नभई देशभक्त र राष्ट्रवादीहरुको आन्दोलन हो उनले भने ।
त्यत्रो संघर्ष गरेर आएका भनिएका नेताहरू किन चुकेका होलान् ? स्पष्ट दृष्टिकोणको अभाव नै मुख्य कारण हो । चिन्तनमा परिपक्वता देखिएन । यसै गरेर हिँड्ने र अल्मलिने बानी भयो । देउवा, ओली र प्रचण्ड त त्यत्रो समय प्रजातन्त्र, गणतन्त्र तथा राजनीतिक परिवर्तनका लागि लडेका थिए । यथार्थमा केही पनि दिन सकेनन् ।
थप कुराकानीमा उनले भने २०४७ को संविधान नै आजको राजनीतिक निकास हो । जहाँ देश, जनता, पार्टी र राजा सबै अट्न सक्छन् । यो व्यवस्थाले देश र जनतामा कुनै परिवर्तन ल्याउन सकेन । राम्रा काम गर्नेहरुलाई खाली निरुत्साहित गर्ने गरिएको छ । राम्रो काम गरिरहेका कुलमान घिसिङलाई हटाएको घटनाबाट प्रष्ट हुन्छ । देश आर्थिक लगायत हर क्षेत्र कालोसुचीमा राखिएको छ । जसले अन्तराष्ट्रिय रुपमा देशको वेइज्जत भएको अवस्था छ । त्यसैले वर्तमान राज्य व्यवस्था पुरै असफल भएको अवस्था छ ।
देशलाई बचाउनको लागि एकिकृत आन्दोलनको विकल्प छैन । यो व्यवस्था ढाल्नैपर्छ । सम्पूर्ण देशभक्त राष्ट्रवादी शक्तिहरु एकजुट भएर आन्दोलनमा जानुको विकल्प छैन । हामी कथित गणतन्त्रवादीहरुको धम्कीले डराउँदैनौ । १७ हजार जनता माओवादी शसस्त्र युद्धमा मारिए । काँग्रेस”एमाले लगायतले पनि मान्छे नै मारेर आएका हुन् । त्यसरी शक्ति सञ्चय गरेर सत्तामा त पुगे तर देश र जनताका लागि केही गरेनन् । यो अत्यन्त विडम्वनापूर्ण रहेको छ ।
हामीले राजा मात्र ल्याउने भनेका छैनौ । राजनीतिक स्थायित्व, देश विकास र जनताको लागि गाँस, वास, कपास र शिक्षा स्वास्थ्य, रोजगारको एथेष्ट ग्यारेन्टी हुने गरि काम गर्ने शर्तमा हो । मैले पहिले देखि नै भन्दै आएको छु कि पुरानो पुराना ढोकेपोकेबाट भने राजा बच्नैपर्छ । अहिले पनि पुरानो पञ्चायती पृष्ठभुमीका नवराज सुवेदीलाई अगाडि सारिएको छ, त्यसरी सायद आन्दोलन अघि नबढ्ला, एक पटक सोच्नैपर्छ । युवा पुस्ता र जनताले भरोसा गर्ने नेतृत्व आवश्यक छ । अब राजावादीहरु साँञ्चै स्मार्ट ढंगले अघि बढ्न जरुरी छ । अनि मात्र आन्दोलनले सार्थक रुप लिन्छ र यो व्यवस्था ढाल्न सकिन्छ ।
साथै एक अर्को प्रसंगमा राप्रपा नेपालका युवा नेता थापाले राजालाई होईन आफूलाई जेलमा हाल्न चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा गणतन्त्रवादी दलका सांसदले राजावादीहरूलाई थुन्नुपर्ने कुरा उठाएपछि, थापाले यस्तो चुनौती दिएका हुन् । नेता थापाको भनाई रहेको छ कि, आफ्नो पार्टी राजनीतिक अडान स्पष्ट रहेको भन्दै उनले देशमा सनातन हिन्दु अधिराज्य र राजसंस्था अनिवार्य रहेको सुनाए ।
त्यत्रो संघर्ष गरेर आएका भनिएका नेताहरू किन चुकेका होलान् ? स्पष्ट दृष्टिकोणको अभाव नै मुख्य कारण हो । चिन्तनमा परिपक्वता देखिएन । यसै गरेर हिँड्ने र अल्मलिने बानी भयो । देउवा, ओली र प्रचण्ड त त्यत्रो समय प्रजातन्त्र, गणतन्त्र तथा राजनीतिक परिवर्तनका लागि लडेका थिए । यथार्थमा केही पनि दिन सकेनन् । नेताहरू त जनताको अगाडि उदाहरण बन्नुपर्ने थियो । उदाहरण बन्नेतिर कोही पनि लागेनन् । खाली आफू, पैसा र आफ्ना मान्छेमा मात्रै ध्यान गयो । अहिले त यिनीहरू जनतादेखि टाढा हुँदै गए । नयाँहरूलाई पनि यिनीहरूले पुरानै विकृतीतिर मोडिदिए । त्यसकारण राष्ट्रवादी वा राजावादी र गणतन्त्रवादीबीचको यो अन्तिम लडाई भएको भन्दै जनतालाई साथ दिन अनुरोध गरेका छन् ।
संवाददाता










