काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधासहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीले जनाएको छ ।

स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहने र जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्ने कम्पनीको भनाई छ । यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च यूए६५डीयू७७००आरएसएचई, ६५ इन्च यूए८५बीयू८०००आरएक्सएचई, ८५ इन्च यूए८५सीयू८०००आरएसएचई वा ८५ इन्च यूए८५सीयू८०००आरएसएचई मोडेलका युएचडी टिभीको खरिद गर्दा ८,००० रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहने कम्पनीले जनाएको छ ।

त्यसैगरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन् । ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ । साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा ग्राहकको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् । निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर अर्कोस्टोरबाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा ८,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ ।