काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा कुवेतविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले कुवतेलाई ६ विकेटले हराएको हो ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो ।
संवाददाता










