मुख्य समाचार

सदनको अवरोध हटाउन सभामुख घिमिरे सक्रिय, अहिले प्रमुख सचेतकहरुसँग छलफल

सदनको अवरोध हटाउन सभामुख घिमिरे सक्रिय, अहिले प्रमुख सचेतकहरुसँग छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि सक्रियता देखाएका छन् । सभामुख घिमिरेले अहिले विभिन्न दलका प्रमुख सचेत र सचेतहरुसँग छलफल गरिरहेका छन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् । हिजो (बिहीबार) बजेट ल्याउन भने विपक्षीले अवरोध गरेको थिएन । तर, अबको बैठक भने गृहमन्त्री लेखकको राजीनामा नआएसम्म चल्न नदिने उनीहरुको अडान छ । सभामुख घिमिरेले भने सदनको अवरोध हटाउने, हिजो प्रस्तुत भएको बजेटमाथिक...

यस्तो छ मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा बढी हेरफेर

यस्तो छ मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा बढी हेरफेर
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए । बजेटको नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाएका छन् । सूचना प्रविधि सेवा निर्यातबाट...

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अ...

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
काठमाडौं । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । हिजो देखी काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो । रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेवाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए । दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएकाे छ।

शिक्षा र श्रम मन्त्रालयकाका लागि क्रमशः २ खर्ब ११ अर्ब १७ करोड र ४ अर्ब २८ करोड बजेट विनियोजन

शिक्षा र श्रम मन्त्रालयकाका लागि क्रमशः २ खर्ब ११ अर्ब १७ करोड र ४ अर्ब २८ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । यता सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका...

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले चैते धानखेतीलाई प्रवर्द्वन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धानखेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् । उनले भने, ‘चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेकाछौं । सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ’। सरकारले धानउत्पादनमा आत्मनिर...

राजावादी प्रदर्शनमा घुसपैठ गरेको भन्दै दुईजना पक्राउ

राजावादी प्रदर्शनमा घुसपैठ गरेको भन्दै दुईजना पक्राउ
काठमाडौं । राजावादीको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । घुसपैठ गर्न खोजेको भन्दै राजावादीले दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् । उनीहरूमाथि राजावादीले कुटपिट समेत गरेका छन् ।

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए। उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर पकेट जोनमार्फत कृषिजन्य उत्पादनलाई बढाउन गरी काम गर्ने दिने बताए।

बजेट भाषण सुरू, चालु आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रक्षेपण

बजेट भाषण सुरू, चालु आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रक्षेपण
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२र८३ का लागि बजेट भाषण सुरू गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् ।आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । बजेट भाषण बाचन गर्दै अर्थमन्त्रीले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताए । उनले भने, ‘वर्तमान सरकार गठन हुँदा समष्टिगत पुरिसूचकले अर्थतन्त्र दब...

प्रभु साहले भने, ओली र देउवा नक्कली गणतन्त्रवादी हुन्

प्रभु साहले भने, ओली र देउवा नक्कली गणतन्त्रवादी हुन्
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाईरहेको टिप्पणी गरेका छन् । अहिलेको संकट समाधानका लागि उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्न आह्वान समेत गरेका छन् । गणतन्त्र दिवसको सन्दर्भ आज (बिहीबार) आम जनता पार्टी (आजपा) काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त...