मुख्य समाचार

काठमाडौंका सात ठाउँबाट राजावादीको जुलुस निस्किने, मैतीदेवीबाट लिङदेनको नेतृत्व

काठमाडौंका सात ठाउँबाट राजावादीको जुलुस निस्किने, मैतीदेवीबाट लिङदेनको नेतृत्व
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग राख्दै आजबाट काठमाडौं केन्द्रित संयुक्त जनआन्दोलन सुरु हुँदैछ । संयुक्त जनआन्दोलन समितिको संयोजन र राप्रपाको नेतृत्वमा गणतन्त्र दिवसकै दिनबाट अनिश्चितकालीन आन्दोलन थालिएको हो । काठमाडौंको रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । सबैतिरबाट आएका शान्तिपूर्ण जुलुस दिउसो दुई बजे रत्नपार्कमा आएर मिसिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्...

काठमाडौंमा प्रदर्शन लक्षित सात सय ८३ ट्राफिक प्रहरी सडकमा

काठमाडौंमा प्रदर्शन लक्षित सात सय ८३ ट्राफिक प्रहरी सडकमा
काठमाडौं । काठमाडौमा आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् ।

गणतन्त्र उत्सव’का लागि एमालेजनहरू भेला हुन थाले

गणतन्त्र उत्सव’का लागि एमालेजनहरू भेला हुन थाले
काठमाडौ । नेकपा एमालेले गणतन्त्रलाई उत्सवका रुपमा मनाउन ¥याली निकाल्नका लागि भेला हुन सुरू भएका छन । गणतन्त्र उत्सव ¥याली पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला हुने गरी कार्यक्रम तय गरिएको छ । भृकुटीमण्डपवबाट वृहत ¥याली रत्नपार्कमा पुगेर सम्बोधन सहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ ।र

टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार  आयोजित विशेष समारोहमा  सरिक भएका छन । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा  सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्...

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)
गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले १५ जेठ २०८२ मा गर्नुभएको सम्बोधन सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उप–प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्य, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा विशिष्ट अतिथिज्यूहरू, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरू ! स्वदेश एवम् विदेशमा रह...

टुँडिखेलमा मनाइयो १८औं गणतन्त्र दिवस

टुँडिखेलमा मनाइयो १८औं गणतन्त्र दिवस
काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सभामुख, सरकारका मन्त्री तथा संवैधानिक निकायका प्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो ।

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित : गृहमन्त्री

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथिको आरोप राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताएका हुन् । उनले भने, ‘यो जसरी संलग्नता देखाएर समाचारहरू धारणा सार्वनजनिक भएका छन्। यो बेठिक कुरा हो र मेरो संलग्नता छैन भन्न चाहन्छु। निवेदन गर्छु यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ,’।

विपक्षीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

विपक्षीले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो । सदनमा आज गृहमन्त्रीले ले सदनमा बोल्ने तयारी गरेका छन् । तर, विपक्षी दल बोल्न नदिने अडानमा छन् ।

राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन प्रधानमन्त्री ओलीको निर्देशन

राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् । चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर ...

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास

प्रधानमन्त्रीले गरे धुलिखेलमा ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुई करोड ९६ लाख यान अनुदान दिनेछ । सगरमा...