मुख्य समाचार

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। कोशी प्रदेशको तराईको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ। दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पह...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक भएकी छन् । शुक्रबार दिउँसो भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गरिन् ११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो । राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीत...

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्य

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्य
काठमाडौं, ५ श्रावण । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोना संक्रमणबाट ७४ वर्षे महिलाको मृत्यु भएको पुष्टि गरेको हो । चरक अस्पतालमा उपचाररत उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकीमा अहिले कोरोना संक्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।  

आजको मौसमः देशैभरी बर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुराेध

आजको मौसमः देशैभरी बर्षा हुने, सम्भावित क्षतिवाट बच्न अनुराेध
काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भैरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदे...

बाढीपहिरोस् यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाढीपहिरोस् यी ११ सडक पूर्णरूपमा अवरुद्ध
काठमाडौं, ४, साउन । गए रातिदेखिको वर्षापछि पहिरो जाँदा देशका विभिन्न सडक अवरुद्ध भएका छन्। अहिले ११ वटा सडक पूर्णरूपमा अवरुद्ध अवस्था रहेका प्रहरीले जनाएको छ। बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, मुस्ताङको जोमसोम लोमाथांङ सडक पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग, रुकुम पश्चिमको जा...

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, २ साउन । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हि...

आजको मौसमः देशैभरी पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने

आजको मौसमः देशैभरी पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने
काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं, ३१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स...

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका
काठमाडौं, ३० असार  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो।   अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामा...

प्रधानमन्त्रीद्वारा शिक्षण अस्पतालको विस्तारित सेवाको उदघाटन

प्रधानमन्त्रीद्वारा शिक्षण अस्पतालको विस्तारित सेवाको उदघाटन
काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन्। भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो विस्तारित भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र स...