मुख्य समाचार

युवा संघको मतदान सकियो, गणना सुरु, आजै नतिजा आउने

युवा संघको मतदान सकियो, गणना सुरु, आजै नतिजा आउने
काठमाडौं । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ । नेकपा एमाले युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान १३ जेठमा पोखरा सम्पन्न भयो । अध्यक्ष पदका प्रतिस्पर्धी क्षितिज थेबे र सुमन पुरी प्यानलसहित उत्रिएका छन् । मतदानको ३ घण्टामा नतिजा आउने सक्ने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मत...

प्रधानमन्त्री समक्ष राष्ट्रिय सतर्कता केन्द्रको बार्षिक प्रतिवेदन पेश

प्रधानमन्त्री समक्ष राष्ट्रिय सतर्कता केन्द्रको बार्षिक प्रतिवेदन पेश
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकारले बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए । उनले प्रधानमन्त्री...

गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी

गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी
काठमाडौं । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएकाे छ । भिजिट भिषा प्रकरणमा मुछिएका मन्त्री लेखककाे राजिनामा माग गर्दै संसदमा नाराबाजी गरे पछि बैठक स्थगित भएकाे छ। गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए, आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो। प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग ज...

विपक्षीको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि संसद बैठकमा हंगामा भएको छ । त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध जनाएका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको कामकारवाहीलाई अघि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै प्रतिपक्ष...

प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ

प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ  । संघीय संसद  भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ आर्थिक सर्वेक्षण पेस हुनेछ । सम्भावित कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित ...

राप्रपाले पनि गृह मन्त्री लेखकको राजिनामा माग्ने, बोलायो दलको बैठक

राप्रपाले पनि गृह मन्त्री लेखकको राजिनामा माग्ने, बोलायो दलको बैठक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा बिबादित गृह मन्त्री रमेश लेखकको राजिनामा माग्ने भएको छ । जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ । सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृह मन्त्री लेखकको राजिनामा माग्ने भएको हो । मंगलबार बिहान साढे १०ः०० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्...

जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का
काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो ।

बागलुङ गैरागाउँ विश्वकर्मा समाजको विशेष अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

बागलुङ गैरागाउँ विश्वकर्मा समाजको विशेष अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
काठमाडौं । बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजको विशेष अधिवेशन काठमाडौंस्थित काभेरी इन होटेल, बसुन्धारामा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयबाट सरोज विश्वकर्मालाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। २०७७ सालमा स्थापना भएको समाजले बागलुङको गैरागाउँमा शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको छ। कार्यक्रमका प्रमुख अतिथि समाजका संरक्षक तथा संस्थापक अध्यक्ष रामकृष्ण विश्वकर्मा र निवर्तमान अध्यक्ष सूर्यप्रसाद विश्वकर्मा रहेका थिए...

अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन
काठमाडौं । लसुन लगभग हरेक नेपालीको भान्सामा पाइन्छ। खानाको स्वाद बढाउनुका साथै लसुनलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्‍याउन सक्छ। तर, लसुनलाई राम्ररी उपभोग गरिएन भने यी फाइदा भन्दा पनि उल्टै बेफाइदामा परिणत हुन सक्छन् । विशेष गरी केहि चीजहरूसँग लसुनको सेवनले गम्भीर समस्याहरू बढाउन सक्छ।  डाक्टरले यस्ता ३ कुरा उल्लेख गरेका छन्, जससँग लसुन खानु खतरनाक हुनसक्छ । विशेष गरी यसो गर्दा तपाईको कलेजो र प...

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल
काठमाडौं । सत्ताधारी दल नेकपा (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी छन्। शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।