अन्तिम चरणमा ‘ग्वार्को फ्लाईओभर’, जेठभित्रै गाडी गुड्ने
काठमाडौं । ‘ग्वार्को फ्लाईओभर’को काम अन्तिम चरणमा पुगेसँगै कालोपत्रेको तयारी गरिएको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीका अनुसार अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको हो ।
“काम अन्तिम चरणमा पुगेको छ । अब पेन्टिङ, ट्राफिक साइन र कालोपत्रे गर्ने तयारी भइरहेको छ । कालोपत्रे गर्न मौसमले साथ दिनुपर्छ । मौसमले साथ दिए जेठ मसान्तभित्र ‘ग्वार्को फ्लाईओभर’माथि गाडी गुड्छन्,” भण्डारीले भने ।
रिङरोडमा गुड्ने सवारी साधनहरू ट्राफिक जाम...









