मुख्य समाचार

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ । आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए । ‘यो केवल झण्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक’ अध्यक्ष बडालले फेसबुकमा लेखेका छन्, ...

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
टोरोन्टो । क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ । हो खासमा  ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई मुख नमिठो बनाउन सक्छ। हो, सुन्दा अनौठो लाग्न सक्छ तर यथार्थ यही हो । यो कफीको एक कपको मूल्य करिब ८ हजार नेपाली रुपैयाँ पर्छ । ब्ल्याक आइभोरी कफीको आधिकारिक वेबसाइटका अनुसार यसल...

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् उता, पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेश गर्दैछन् । भुमी, ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भुमी सब...

एमालेको एकल बहुुमत आउने गरी लाग्न प्रधानमन्त्रीको आग्रह

एमालेको एकल बहुुमत आउने गरी लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुुदायलाई आग्रह गरेका छन् । नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुु अत्यावश्यक भएको बताएका हुन् । “समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलक...

गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन बैठकमा

गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन बैठकमा
काठमाडौं। गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरु छलफलसहित पारित भएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकार...

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

समिट एयरको विमानमा समस्या आएपछि काठमाडौंमा सुरक्षित अवतरण

समिट एयरको विमानमा समस्या आएपछि काठमाडौंमा सुरक्षित अवतरण
काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमान चालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो । विमानको इञ्जिनमा समस्या पहिचान भएको र अहिले प्र...

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
काठमाडौं । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् । आज सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ । विभागका निर्देशक हिमाल गौतमले भने, “मे १८ तारि...

मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दैछ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुनसक्ने जनाइएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोद...

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको कामना

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको कामना
काठमाडौं । पूर्व अमेरिकन राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ। सो क्यान्सर यतिखेर उनको हड्डीमा फैलिएको छ । वाइडेनको कार्यालयले एक विज्ञप्ति जारी गरी गत हप्ता पिसाब परिक्षण गर्न  डाक्टरलाई देखाए पछि उनमा प्रोटेस्ट क्यान्सर भएको शुक्रबार फाइनल गरिएको थियो । क्यान्सर रोगको अधिक आक्रामक रूप हो । जसलाई १० मध्ये ९ को ग्लेसन स्कोर मानिएको छ । यसको मतलब उनको रोग उच्च–ग्रेडको रूपमा वर्गीकृत गरिएको छ र क्यान्सर कोशिकाहरू छिट्टै फैलिन सक्छन । बाइडेन र उनको परिवारले उप...