मुख्य समाचार

रबिको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने

रबिको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ जारी, केही बेरमा आदेश आउन सक्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनुवाइ जारी रहेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइरहेको हो । सम्भवतः आजै आदेश आउने जनाइएको छ । लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा पर्दै आएको थियो । उच्च अदालत तुलसीपुरको बुटव...

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी

शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि शिक्षकहरुलाई तयार रहन आग्रह गरेको छ । शिक्षा तथा विज्ञान तथा प्रविधि समितिअन्तर्गत बनेको उपसमितिबाट प्रस्तुत विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति कडा आपत्ति मजनाउदै महासंघदले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका लागि तयारी रहन आग्रह गरेको हो । महासंघले भनेको छ, ‘वि स २०८१ माघ २० गतेबाट आरम्भ गरी हामीले ८९ दिन लामो शिक्षक कर्मचारी बान्दोलन भर्खरै सम्पन्न गरेका छौं । यसैक्रममा लगातार २९ दिनसम्म शिक्षक कर्मचारीको भव्य...

आइसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

आइसीसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित
काठमाडौं । नेपाल आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल ७८ रनले पराजित भएको हो । थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुवँरले सर्वाधिक २४ रन बनाइन् । उनी ३३ बलमा १ चौका प्रहार गरेकी आउट भइन् ।

जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी

जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताए । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनु...

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि काँग्रेस सभापति देउवा बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक विषयवस्तुमा छलफल भएको बताइएको छ । विशेषतः दुई शीर्ष नेताबीच राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम नहुने

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसद्‌मा प्रश्नोत्तर कार्यक्रम नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि संसदमा आज सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर नहुने भएको हो । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसद जान नसक्ने बताए । सोही कारण आज प्रधानमन्त्री ओली संसदमा नजाने बर्तौलाले बताए । स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको सभामुखको सचिवालयले जनाएक...

प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै पनि कार्यक्रममा सहभागी नहुने मेयरबालेन शाहको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै पनि कार्यक्रममा सहभागी नहुने मेयरबालेन शाहको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीको ‘भ्रष्ट प्रणाली’लाई समर्थन नगर्ने बताएका हुन् । मेयर शाहले राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीका नेताहरू भ्रष्टाचारी जोगाउन लागिपरेको आरोप लगाएका छन् । उनले भने, “जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीका सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छन्, त्यस्तो नाइकेको कार्यक्र...

वर्षा राउत ‘महाराजधिराज’मा अनुबन्धित

वर्षा राउत ‘महाराजधिराज’मा अनुबन्धित
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो । हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन् । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन् । जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन् । ‘महाराजधिराज’लाई परिच्छेद...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको...

शिक्षकको चेतावनी– पहिलेभन्दा सशक्त आन्दोलन हुन सक्छ

शिक्षकको चेतावनी– पहिलेभन्दा सशक्त आन्दोलन हुन सक्छ
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा राज्यपक्ष इमानदार नदेखिए यसअघिको भन्दा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविविध समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतको सहमतिको सम्मान नगरेको महासंघको ठहर छ । “आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयकभन्दा ...