आज मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । जनताको बहुदलीय जनवाद (जबज)का प्रणेता जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस आज देशभर मनाइँदैछ ।
नेकपा (एमाले)का तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो ।
एमालेले काठमाडौंमा विगत वर्षहरूजस्तै मदन नगर बल्खुमा स्मृति कार्यक्रम राखेको छ । स्मृति कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ...









