विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका हुन् ।
पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेकोसहित कारण दिएर सर्वो...









