नवलपुरमा पुल भाँचिएपछि वैकल्पिक मार्गबाट पठाउन थालियो गाडी
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा पुल भाँचिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन पठाउन थालिएको छ । गए राति ९ बजेबाट नै वैकल्पिक मार्गबाट सवारीसाधन पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
चोलमारामा गिरुबारी खोलाको पुल हिजो (सोमबार) साँझ भाँचिएको थियो । पुलबाट दक्षिणमा अवस्थित रानीबारी क्षेत्रबाट सवारीसाधन पठाउन थालिएको हो ।
पुलको निरीक्षण गर्न नवलपुरक प्रहरी उपरीक्षक यादव ढकालसहितको टोली पुगेको थियो । पुल भाँचिएको ठाउँमा तत्काल डाइभर्सन न...









