मुख्य समाचार

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट निवेदन दिएकी हुन् । मिश्रलाई तीनकुने आन्दोलनसँग जोडेर गत १५ चैत पक्राउ गरिएको थियो । उनलाई सात पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो । सारिकाले द...

गभर्नर बनाउन नमिल्ने मागदाबीसहित पौडेलविरुद्ध सर्वोच्चमा रिट

गभर्नर बनाउन नमिल्ने मागदाबीसहित पौडेलविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाबीच अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन् । रिट दायर भए पनि दर्ता हुन भने बाँकी छ । यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई पनि गभर्नर बनाउनलागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए भने त्यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी माप...

सगरमाथा संवादमा भारत र चीन सहित १७५ जना विदेशी पाहुनाले भाग लिने

सगरमाथा संवादमा भारत र चीन सहित १७५ जना विदेशी पाहुनाले भाग लिने
काठमाडौं । आगामी जेठ २ गतेदेखि सुरु हुन लागेको सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना र नेपालीसहित ३५० जना सहभागीहरुले भाग लिने बताइएको छ । आज (मंगलबार) सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी गराइएको हो । आगामी जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गरिएको छ । सगरमाथा संवादमा विभिन्न १२ वटा देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ । छिमेकी मुलुक चीनबाट नेशनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष स...

रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै

रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
काठमाडौं । थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालत पेस गर्ने तयारी गरेको छ । चैत १५ गते नै पक्राउ परेका मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो । राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेको गरेको प्रदर्शनमा अराजकता र लुटपाट गराउन भूमिका खेलेको आरोपमा मिश्र र धवलशमशेर राणासहतिलाई पक्राउ गरेको थियो । राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरील...

राजीनामा दिएकी लुम्बिनीकी सांसद गीता दुई महिना अघि नै बेलायत पलायन भएको खुलाशा !

राजीनामा दिएकी लुम्बिनीकी सांसद गीता दुई महिना अघि नै बेलायत पलायन भएको खुलाशा !
काठमाडौं । अहिले लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङले सांसद पदबाट राजीनामा दिएको विषयमा चर्चामा छ । उनले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गरेकी छिन् । तर उनले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ । उनी दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो । उनले उतैबाट राजीनामा पठाएको पाइएको छ ।

केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल

केसी समुहको एनआरएन कनक्लेभमा भाग नलिन श्रेष्ठ समुहको अपिल
काठमाडौं ।सर्वोच्च अदालतको परमादेशानुसार गठित उच्चस्तरीय समितिद्वारा काठमाडौँमा आयोजना गरिएको  एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहले काठमाडौँमा आयोजना गर्न लागेको 'एनआरएनए कनक्लेभ' नामक कार्यक्रममा भाग नलिन सम्बन्धित सबैलाई अपिल गरेको छ। आइसीसीका नवनिर्वाचित महासचिव बी आर लामाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा महेश कुमार श्रेष्ठ नेतृत्वको टिमले एकता र सद्भावपूर्ण वातावरण निर्माणको प्रयास गरिरहेको अवस्थामा कसैले पनि यस्तो वातावरण बिथोल्ने र आपसी विश्...

प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए। भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्ज...

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग
काठमाडौं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ । बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १४ घण्टादेखि राजमार्ग अवरुद्ध भएको थियो । गएरातिदेखि अवरुद्ध राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले अहिले सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताइन् । उनले भनिन् ‘बाढीले रोशी गाउँपालिका–१२ स्थित राज...

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

सगरमाथा संवादको तयारी अन्तिम चरणमा
काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौंमा सगरमाथा संवाद हुने घोषणा गरेका थिए । त्यस्तै, गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने न...

दक्षिण कोरियाको एनओसी रोक्ने सरकारको निर्णयमा इक्यानको आपत्ति

दक्षिण कोरियाको एनओसी रोक्ने सरकारको निर्णयमा इक्यानको आपत्ति
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले दक्षिण कोरियास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र र त्यसको आधारमा शिक्षा मन्त्रालयले लेखेको पत्रप्रति गम्भीर आपत्ति जनाएको छ । इक्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासको पत्रमा नेपाली शैक्षिक परामर्श व्यवसायमाथि लगाइएका आधारहीन र पूर्वाग्रही आरोप अस्वीकार्य रहेको जनाएको हो । दूतावासले परामर्श संस्थाहरूलाई “झुटा आश्वासन दिने”, “विद्यार्थीलाई ब्रेनवास गर्ने”, “कोरियाली समाजमा घुलमिल हुन नसक्ने व...