मुख्य समाचार

कस्तो रहन्छ आजको मौसम ?

कस्तो रहन्छ आजको मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्य...

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा
काठमाडौं। ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच ज...

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको माओवादीका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सचेत, मन्त्रालयले भन्यो– निरन्तर सम्पर्कमा छौँ

पाकिस्तानमा रहेका नेपालीको सुरक्षामा सरकार सचेत, मन्त्रालयले भन्यो– निरन्तर सम्पर्कमा छौँ
काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षामा नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको बताएको छ । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि परराष्ट्रले शुक्रबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा रहेका नेपाली विद्यार्थी तथा नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । “हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” पर...

नगरकोटमा बसेर राजावादी समूहलाई एकजुट बनाउँदै पूर्वराजा

नगरकोटमा बसेर राजावादी समूहलाई एकजुट बनाउँदै पूर्वराजा
काठमाडौँ । १० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन् । नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा बसेर उनले राजावादी दल र अभियान्ताहरूसँग छलफल गरेका हुन् । वैशाख १५ गते निर्मल निवासबाट उनी नगरकोट पुगेको सुरक्षा स्रोतले पुष्टि गर्‍यो । उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन् । नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक...

संघद्वारा वैदेशिक रोजगारका समस्याबारे महानिर्देशक भट्टराईको ध्यानाकर्षण

संघद्वारा वैदेशिक रोजगारका समस्याबारे महानिर्देशक भट्टराईको ध्यानाकर्षण
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा देखिएका समस्यासहित प्रमुख ३ समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको छ । संघको नेतृत्वले नवनियुक्त महानिर्देशक भट्टराईलाई बिहीबार विभागमा भेट गरेर बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित वैदेशिक रोजगार प्रशासनमा रहेका समस्या अवगत गराउँदै समाधानका लागि आग्रह गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए । संघले फेमि...

कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी

कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै कोटाकै गभर्नर नियुक्ति हुने दाबी गरेका छन् । आज बिहान सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी कांग्रेस पूर्व र वर्तमान पदाधिकारीले गभर्नर नियुक्ति किन नगरिएको भनेर देउवालाई प्रश्न गरेका थिए । कांग्रेस पदाधिकारीको प्रश्नलाई सम्बोधन गर्दै सभापति देउवाले गभर्नर सत्ता साझेदार एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा कांग्रेस कोटाबाटै चाँडै नियुक्त हुने बताएका हुन् । राष्ट्र बैंक ऐनमा बहालवाला ग...

कानुन दिवसः न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो- राष्ट्रपति

कानुन दिवसः न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो- राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र...

पाकिस्तानी दूतावासमा पनि मानवअधिकारकर्मीहरुको प्रदर्शन

पाकिस्तानी दूतावासमा पनि मानवअधिकारकर्मीहरुको प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले पाकिस्तानी दूतावासमा पनि प्रदर्शन गरेका छन् । कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले महाराजगंजस्थित पाकिस्तानी दूतावासअघि भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले राजदूतमार्फत पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर दुई देशको युद्ध अन्त्य गर्न आग्रह समेत गरेका छन् । मानवअधिकारकर्मीहरुले दक्षिण एशियालाई युद्ध मुक्त क्षेत्र बनाउन आग्रह समेत गरेका छन् । मानव अधिकारकर्मीहरुले पछिल...

नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने, सांसदहरूलाई ह्वीप

नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने, सांसदहरूलाई ह्वीप
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने भएको छ । वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम पेस गरेका थिए । नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएकाले सत्तारुढ दल नेकपा एमालेले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाएको मुख्य सचेतक महेश बर्तौलाले बताए । नीति तथा कार्यक्रममाथि अहिले प्रतिनिधि सभामा छलफल जारी छ । आइतबार सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री ...