मुख्य समाचार

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ नेतृत्वमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ नेतृत्वमा अधिकारी
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा भएको २०औँ चुनावी साधारणसभाबाट अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४५ मत ल्याए भने उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भए । महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए । महासचिव पदका अर्का उमेदवार राजु घिसिङले २९ मत पाए । सचिवमा अनिल मल्ल...

कांग्रेस पदाधिकारी बैठकले भन्योः आतंकवादविरुद्ध अप्रेसन सिन्दूर जायज

कांग्रेस पदाधिकारी बैठकले भन्योः आतंकवादविरुद्ध अप्रेसन सिन्दूर जायज
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पहलगाम हमलापछि भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको छ । आज बसेको पदाधिकारी बैठकपछि भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए । भारत पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको बताए । उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’ उनले आतंकवादी अख...

बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक

बुढानीलकण्ठमा सुरु भयो कांग्रेस पदाधिकारी बैठक
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो। कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय ९टीआरसी० लगायत एजेन्डा प्रस्तुत भएका छन् । त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ । कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्...

प्रधानमन्त्री ओली र देउवा दम्पतीसहित नेताहरु छलफल

प्रधानमन्त्री ओली र देउवा दम्पतीसहित नेताहरु छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढा दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक सवालबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए । ओलीले क्याबिनेट बैठक अघि उनीहरुसँग छलफल गरेका हु...

दार्चुला–टिंकर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला–टिंकर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छांगरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । दार्चुला–टिंकर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि नि...

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो । विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो । उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालल...

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधै साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प...

आज कहाँ कस्तो रहनेछ मौसम ?

आज कहाँ कस्तो रहनेछ मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र हिमाली भू-भागका ‍एक(दुई ...

भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति के भन्छ नेपाल सरकार ?

भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति के भन्छ नेपाल सरकार ?
काठमाडौं । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो । यस दुःखद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ । नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध...

आज ७३औँ कानुन दिवस मनाइँदै

आज ७३औँ कानुन दिवस मनाइँदै
काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधानन्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन सुरु गरिएको हो । उक्त ऐन ...