मुख्य समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्ने

आज दुई वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरबारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा राष्ट्रि...

कश्मीरको कुपवारा पाकिस्तानको तर्फबाट गोलाबारी, भारतीय सेनाद्वारा जवाफी कारबाही

कश्मीरको कुपवारा पाकिस्तानको तर्फबाट गोलाबारी, भारतीय सेनाद्वारा जवाफी कारबाही
काठमाडौँ । भारतीय सेनाले चलाएको ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा गरिएको हवाई हमलापछि कुपवारामा पाकिस्तानको तर्फबाट फेरि गोलाबारी भएको छ। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको छ । पाकिस्तानी सेनाले लगातार दोस्रो रात जम्मू कश्मीरको कुपवारा जिल्लाको कर्नाह क्षेत्रमा गोलाबारी गरेको बताइएको छ । दुवैतर्फ कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन । यो घटनाक्रम मंगलबार बिहान करिब १ः०५ बजे भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) भित्र कथित आतङ्कवादी पूर्वाधारह...

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै
काठमाडौं । ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्र...

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ । यस्तै, आज युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर...

भारत–पाकिस्तान लडाइमा ४४ जनाको मृत्यु

भारत–पाकिस्तान लडाइमा ४४ जनाको मृत्यु
इस्लामबाद । भारतको सिन्दुर अप्रेसनमा परी दुवैतर्फ गरी ४४ जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा कम्तिमा ३१ जना पाकिस्तानी तथा भारतले पनि पाकिस्तानबाट भएको सीमापार आक्रमणमा एक सैनिकसहित १३ जनाको ज्यान गएको जनाएको छ । भारतले अप्रिल ७ को रातमा गरेको अचानक आक्रामणपछि दर्जनौं पाकिस्तानी घाइते भएका छन् । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले भने, ‘हामी हाम्रा निर्दोष सहिदहरूको रगतको बदला लिने छौँ ।’ पाकिस्तानी संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्र...

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस, जेठ ४ मा नीति तथा कार्यक्रम आउने

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस, जेठ ४ मा नीति तथा कार्यक्रम आउने
रुपन्देही । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम जेठ ४ मा ल्याइने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सभाको छैंटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने र जेठ ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा कृषि मन्त्री दिन...

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी
काठमाडौं । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति छ । भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ । यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त...

मोदीले रद्द गरे युरोप भ्रमण

मोदीले रद्द गरे युरोप भ्रमण
काठमाडौं । भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ । दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ । उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसाग बैठक गरिरहेका छन् । भारत प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण...

पाकिस्तानले भारतको लडाकु विमान खसालेको दाबी

पाकिस्तानले भारतको लडाकु विमान खसालेको दाबी
काठमाडौं । पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानको दाबीमा भारतले कुनै प्रतिक्रिया जनाएको छैन । समाचार एजेन्सी रोयटर्सले साझा गरेको भिडियोमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका छन्, “अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु, पाँच भारतीय विमान खसालिएको छ । जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन छन् ।” यता, भारतले गरेको पत्रकार सम्मेलनमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गए राति गरिए...