मुख्य समाचार

मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको सांसद प्रभु साहको आरोप

मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको सांसद प्रभु साहको आरोप
काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’ मल पाउँदा पनि सरकारले दिने पसलमा नभएर अन्यत्रै महँगोमा मात्रै पाउने अवस्था रहेको बताए । ‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय गरिरहेको छ ।’ किसानलाई लुटेर महल जोड्ने काम भइर...

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अनुदान पनि कटौती गरेको थियो । अर्थ मन्त्रालयले यही वैशाख १६ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्तावापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको हो । अर्थ मन्त्रालयको ...

हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भटिएन, भूगर्भविद्को अनुसन्धान जारी

हेटौंडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भटिएन, भूगर्भविद्को अनुसन्धान जारी
हेटौंडा । हेटौंडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन् । गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो । यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ । मंगलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भ...

चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक

चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक
काठमाडौं । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् । चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ुखेदजनकु भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ । चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दुःखद मानेको छ । हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं...

कश्मिरमा पाकिस्तानी सेनाको जवाफी कारवाहीः तीन भारतीयको मृत्यु

कश्मिरमा पाकिस्तानी सेनाको जवाफी कारवाहीः तीन भारतीयको मृत्यु
काठमाडौं । बुधबार बिहान भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि कश्मिरस्थित भारत(पाकिस्तान सीमामा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार मारिने तीन जनाबारे थप विवरण खुलेको छैन । भारतले आकाशबाट आक्रमण गरेपछि सीमामा रहेका पाकिस्तानी सेनाको गोलीबारीबाट तीन भारतीयको मृत्यु भएको हो। भारतको आक्रमणमा परी ८ पाकिस्तानीको मृत्यु भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो । भारतले ...

भारत पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

भारत पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल
काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् । दुजारिकले भने, ‘भारत र पाकिस्तान...

कालीमाटीमा गोलभेँडा र भन्टाको मूल्य आकाशियो

कालीमाटीमा गोलभेँडा र भन्टाको मूल्य आकाशियो
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज गोलभेँडा र भन्टाको मूल्य बढेको छ । च्याउ, करेलासहित कतिपय तरकारी भने सस्तिएका छन् । धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ । कालीमाटीमा आज सानो नेपाली गोलभेँडा ४६, तराईको सानो गालेभेँडा ४७, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३२, भारतीय रातो आलु ३५, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २०, बन्दा १२, स्थ...

भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा

भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज  वैशाख २४ गते सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो  । प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उ...

भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौँ : पाकिस्तानी प्रधानमन्त्री

भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौँ : पाकिस्तानी प्रधानमन्त्री
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन् । भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’ नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’का नौ ठाउँहरूलाई निशाना बनाएको थियो । भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैरउत्तेजक’ भएको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शरिफले एक वक्तव्यमा भनेका छन्, ‘भारतल...

भारत र पाकिस्तान नियन्त्रित कश्मीरका विद्यालय र कलेज बन्द

भारत र पाकिस्तान नियन्त्रित कश्मीरका विद्यालय र कलेज बन्द
काठमाडौं । भारतले पाकिस्तानको कश्मीर र पंजाबका भूभागमा गरेको सैन्य कारबाहीपछि भारत तथा पाकिस्तानले कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द गर्ने घोषणा गरेका छन् । भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् । स्थानीय बासिन्दाले भारतको पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीका कारण सो क्षेत्रका धेरै भागमा विस्फोटको आवाज सुनेका बताएका छन् । पाकिस्तानले...