मुख्य समाचार

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध, सास्ती भोग्दै यात्रु

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध, सास्ती भोग्दै यात्रु
नवलपरासी । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्...

अमेरिकी डलरको मूल्य घटेको घट्यै

अमेरिकी डलरको मूल्य घटेको घट्यै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ।  सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा रहेको थियो । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १...

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोतोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

‘दलित अभियन्ता’ खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा

‘दलित अभियन्ता’ खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा
काठमाडौं । आफूलाई दलित अभियन्ता बताउने खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । उनीविरुद्धको मुद्दा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा परेको छ । दैलेख घर भएका सुनारले रुकुमपश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलालाई लिएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनले मुद्दामा फैसला गर्ने उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको राजीनामा माग्दै ब्यानर प्रदर्शन गरेका थिए । अदाल...

अर्थमन्त्री पौडेल र प्रचण्डबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र प्रचण्डबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्डको निवास खुमलटारमा उनीहरुबीच भेटघाट भएको हो । अर्थमन्त्री पौडेलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे परामर्श गरेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस मनाइँदै

राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा...

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने

दुवै सदनमा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने
काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको संसद सचिवालयले जनाएको छ । बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको हो ।

प्रचण्डको दाबी– मेरो नेतृत्वको सरकार भएको भए देश ‘ग्रे लिस्ट’मा पर्ने थिएन

प्रचण्डको दाबी– मेरो नेतृत्वको सरकार भएको भए देश ‘ग्रे लिस्ट’मा पर्ने थिएन
काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार भएको भए देश फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’मा नपर्ने दाबी गरेका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकार आएपछि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राजस्व छलीविरुद्धका कारबाही रोकिएकैले देश ‘ग्रे लिस्ट’मा परेको बताए । “म ध्यानाकर्षण गराउन चाहन्छु भने– मेरो सरकारले एफएटीएफले देखाएका विषयमध्ये...

प्रचण्डको प्रश्न- दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्तो हो ?

प्रचण्डको प्रश्न- दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्तो हो ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रचण्डले दलित बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो,? भन्दै प्रश्न गरेका हुन् । आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण राउँदै उनले दलित, महिला, श्रमिक, अपांग, सीमान्तकृत र उपेक्षित समुदायको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउने उद्देश...

आदित्यनाथलाई लखनउमा भेटे सुदूरपश्चचिमका मुख्यमन्त्री शाहले

आदित्यनाथलाई लखनउमा भेटे सुदूरपश्चचिमका मुख्यमन्त्री शाहले
काठमाडौँ । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । आज लखनउस्थित सरकारी निवासमा मुख्यमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट भएको भन्दै आदित्यनाथले खुसी व्यक्त गरेका छन् । यसअघि शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका थिए ।