मुख्य समाचार

रुसको राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण, विमानस्थल बन्द

रुसको राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण, विमानस्थल बन्द
काठमाडौं । आफ्नो देशको राजधानी मस्कोमा लगातार दोस्रो रात युक्रेनले ड्रोन आक्रमण गरेको रुसले जनाएको छ । रुसको नागरिक उड्डयन प्राधिकरणका अनुसार, युक्रेनले ड्रोन आक्रमण गरेपछि मास्कोका चारै विमानस्थल रातभरि केही घण्टाका निम्ति बन्द गरिएको थियो । हाल ती विमानस्थल खोलिएको बीबीसीले जनाएको छ । हालसम्म युक्रेनले यी आक्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन । बीबीसीका अनुसार, उक्त आक्रमणबाट कुनै हताहती भएको जानकारी छैन । मास्कोका मेयर सेर्गेई सोब्यानिनले कम से कम १९ युक्रेनी ड्र...

‘माइतीघर’बाट बाहिरियो ‘माग्ने बुढा’को लुक्स

‘माइतीघर’बाट बाहिरियो ‘माग्ने बुढा’को लुक्स
काठमाडौँ । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन  । मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संस्कृतिलाई सेरोफेरोमा राखेर निर्माण गरिएको छ। फिल्मको प्रदर्शन मिति आगामी दसैँको फूलपातिलाई तय भइसकेको छ । रोहित अधिकारी फिल्मसको ...

बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस

बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस
हेटौंडा । बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ । हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्...

पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी

पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । यस्तो बेलामा नेपाल सरकारले हिजो छाडि अस्ति ४ मे मा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएको छ’, उनले भने । पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएर के सन्देश दिन खोजेको हो भन्ने सांसद सिंहको छ । उनी भन्छन्, ‘नेपाल सरकारले के म्यासेज दि...

श्रद्धा कपूर बनिन् बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

श्रद्धा कपूर बनिन् बलिउडकै सबैभन्दा महंगो महिला कलाकार
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले कीर्तिमानी कमाइ गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन् । हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक ना...

सरकारले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ : धनराज गुरुङ

सरकारले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ : धनराज गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सम्पत्तिको स्रोत नखुले सरकारले जफत गर्न सक्ने हिम्मत राख्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदसमेत रहेका गुरुङले छानबिन आयोग गठन गरेर स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने बताए । “हामीले छानबिन आयोग गठन गर्ने, जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ,” उनले भने, “गणतन्त्रलाई सुदृढ गर्ने बाटो यो हो, यो बाटो नहुँदा कमिला पनि खान हुन्न भन्नेलाई सिंगै ...

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन् । जनमत पार्टीका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए । सभामुख घिमिरेले यही वैशाख २५ गते...

रेशम पक्राउबारे वैशाख २५ गते गृहमन्त्रीले जवाफ दिने, सदनको अवरोध हट्यो

रेशम पक्राउबारे वैशाख २५ गते गृहमन्त्रीले जवाफ दिने, सदनको अवरोध हट्यो
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सदन अवरोधबाट पछि हटेसँगै नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो । सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोज्दा जनमत र नाउपाका सांसदले सदनमा उभिएर अवरोध गरेका थिए । उनीहरूले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटनाबारे जवाफ माग गरेका थिए । सभामुखले आगामी वैशाख २५ गतेको संसद् बैठकमा गृहमन्त्रीले जवाफ दिने मौखिक खबर आएक...

निजी विद्यालयको संरक्षणमा प्रधानमन्त्री !

निजी विद्यालयको संरक्षणमा प्रधानमन्त्री !
काठमाडौं ।  केहीसमयअघि प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए निजी विद्यालय कम्पनी ऐन अनुसार यथावत हुने र गुठीको प्रावधानमा जान पर्दैन । जसबाट निजी विद्यालयका सञ्चालकहरु ढुक्क छन् गुठीमा जानु पर्दैन भनेर। शिक्षा विधेयकको ड्राफ्ट सार्वजनिक नहुँदै निजी विद्यालयका सञ्चालकहरु आन्दोलन गरेका थिए । शिक्षकहरु जायज माग राखेर महिनौं दिनसम्म आन्दोलन गर्दा पनि शिक्षकहरुको माग सम्बोधन गर्न नसक्ने सरकार उनीहरुको माग भने एकै दिनमा सम्बोधन गर...

रेशम चौधरी प्रकाउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

रेशम चौधरी प्रकाउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
काठमाडौं, २३ बैशाख । पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद एवम् पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् । “यस घटनाको गहिरो अध्ययन होस्, यहाँ केवल एक जनाको गिरफ्तारीमात्रै होइनन् । संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ,” उनले भनिन्, “वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । ...