मुख्य समाचार

एनआरएनए एकता महाधिवेशन : नयाँ कार्यसमिति निर्वाचित (नामावली सहित )

एनआरएनए एकता महाधिवेशन : नयाँ कार्यसमिति निर्वाचित (नामावली सहित )
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए । निर्वाचन समितिले महाधिवे...

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली भू–भागका थोरै स...

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । उनलाई आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्रीको रिक्त पदमा गर्बुजालाई नियुक...

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै, आज धेरैतिर वर्षा हुने अनुमान

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै, आज धेरैतिर वर्षा हुने अनुमान
काठमाडौँ । गएराति गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति वर्षा भएको छ । मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै गएको कारण अब पूर्वतर्फ पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । आज गण्डकी, बागमती र कोसी प्रदेशका बाँकी केही भूभागसँगै मधेस प्रदेशकोसमेत थोरै भूभागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भ...

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनाइसकेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश र फेडरलिज्म एउण्ड लोकलाइजेसन सेन्टरले यहाँ आज आयोजना गरेको ‘विद्यायिक अन्तरसम्बन्ध र कानुनको मापन’ अन्तरक्रियामा उनले आवश्यकताअनुसार कानुन बनाउने काम भइरहेको बताए । उनले भने, ‘आवश्यकताअनुसार थप कानुन बनाउने काम पनि भइरहेको छ, अब सङ्घीय सरकारले कानुन बनाउँदा व्यवस्थित ढङ्गले सरोकारवालासँग छलफल गरेर मात...

आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र ...

सेफ्स एसोसिएसन अफ नेपालले विविध कार्यक्रम गर्दै ३०औं वार्षिकोत्सव मनाउने

सेफ्स एसोसिएसन अफ नेपालले विविध कार्यक्रम गर्दै ३०औं वार्षिकोत्सव मनाउने
काठमाडौं । नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपालले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३०औं वार्षिकोत्सवको विविध कार्यक्रमबारे जानकारी गराएको छ । रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहने जानकारी दिनुभयो। साथै, कार्यक्रममा नेपाली परम्परागत खानाका विविध स्वादसमेत प्रस्तुत गरिनेछ।...

परराष्ट्रमन्त्रीको आग्रह – एनआरएनएभित्र राजनीति नगरिदिनुस्

परराष्ट्रमन्त्रीको आग्रह – एनआरएनएभित्र राजनीति नगरिदिनुस्
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिबार काठमाडौंमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्ने कुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई...

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन स्थगित

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति, आन्दोलन स्थगित
काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति भएको छ । शनिबार (वैशाख २०) काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका पदाधिकारी र आवासीय चिकित्सकबीचको छलफलपछि तीन विषयमा सहमति भएको हो । तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकको आन्दोलन स्थगन गरिएको छ । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, ‘म्याचिङ’का चिकित्सकका निम्ति यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय
काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरु पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए । बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए । उनले भने, ‘मुख्यरुपमा हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रमम...