मुख्य समाचार

शिक्षा क्षेत्रका लागि सरकारले के–के ल्यायो नीति तथा कार्यक्रम ?

शिक्षा क्षेत्रका लागि सरकारले के–के ल्यायो नीति तथा कार्यक्रम ?
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । यस वर्षको नीति तथा कार्यक्रममा शिक्षालाई प्रविधिमैत्री बनाउँदै सिपसँग जोडर रोजगारीको वातावरण सिर्जना गर्ने तर्फ जोड दिएको देखिन्छ । त्यसैगरी लामो समयसम्म चलेको शिक्षक आन्दोलनले पनि सार्थकतथा पाउने शुभ संकेत देखिएको छ । यहि वर्षे अधिवेशनबाट विद्य...

सरकारको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरु असन्तुष्ट, नयाँपन केही नआएको प्रतिपक्षीको टिप्पणी

सरकारको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरु असन्तुष्ट, नयाँपन केही नआएको प्रतिपक्षीको टिप्पणी
काठमाडौं । आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि देखाउँदै सांसदहरुले नयाँपन केही नआएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी नेताहरुले मात्रै असन्तुष्टि जनाएका छैनन्, सत्तापक्षका नेताहरुकै चित्त बुझेको छैन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको बताए । संघीय संसद् परिस...

बजेट अधिवेशनबाटै प्राथमिकतामा परेका ९ वटा विधेयक पारित गर्ने सरकारको तयारी

बजेट अधिवेशनबाटै प्राथमिकतामा परेका ९ वटा विधेयक पारित गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले संसदको चालु अधिवेशनबाट ९ वटा कानुन बनाउने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालु अधिवेशनबाटै ९ वटा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको हो । बजेट अधिवेशन सामान्यतया नीति तथा कार्यक्रम पारित, प्रि–बजेट छलफल र बजेट पारितमा केन्द्रित हुने गर्दछ । पारित गर्नुअघि बजेटको मन्त्रालगत विनियोजनमा समेत छलफल हुन्छ । संसदमा जेठ १५ गते बजेट प्रस्तुत हुन्छ । त्यसपछि बजेट माथिको छलफल न...

आगामी दशक ‘युवा रोजगारी दशक’, सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य

आगामी दशक ‘युवा रोजगारी दशक’, सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य
काठमाडौं । सरकारले आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने घोषणा गर्दै सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा यसको घोषणा गरेका हुन् । “योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गरिनेछ । इन्टर्नलाई पनि स्टर्टअपमा संलग्न गर्न कार्य घण्टामा ...

काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा

काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा
काठमाडौं। काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।   भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।   वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।

यी हुन् सरकार र शिक्षकबीच भएको सहमतिको नौ बुँदा

यी हुन् सरकार र शिक्षकबीच भएको सहमतिको नौ बुँदा
काठमाडौं । अन्ततः सरकार र आन्दोलनरत शिक्षकबीच आज सहमति भएको छ । झण्डै महिना दिनको सडक संघर्षपछि सरकार शिक्षकहरूको माग सम्बोधन गर्न तयार भएको हो । सरकार र आन्दोलनरत शिक्षकहरूबीच नौ वटा बुँदामा सहमतिभएको छ । सहमतिपछि बुधबार साँझ नै बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई स्वीकार गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्ता छन् नौबुँदे सहमति- –बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी, लेखापालका लागि दरबन्दी कायम गरी प्रति...

कोशी लगानी सम्मेलन आजदेखि, उत्साहित छन् व्यवसायी

कोशी लगानी सम्मेलन आजदेखि, उत्साहित छन् व्यवसायी
मोरङ । कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुईदिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् । प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ । सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर...

सरकार–शिक्षक वार्ता सकारात्मक, आन्दोलन रोक्ने सहमति

सरकार–शिक्षक वार्ता सकारात्मक, आन्दोलन रोक्ने सहमति
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबारको वार्ता सकारात्मक भएको छ । बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । "वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ," उनले भने । मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए । सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठक...

गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश

गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो । आदेशको पूरा पाठ आइसकेको छैन । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पूरक निवेदनबारे पूर्ण पाठ आएपछि थाहा हुने अधिवक्ता विशाल थापाले बताए ।

खमबहादुर गर्बुजा राज्यमन्त्रीमा नियुक्त

खमबहादुर गर्बुजा राज्यमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए ।