मुख्य समाचार

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
काठमाडौं । सरकार फेरबदलको चर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विष्णु रिमाललगायत नेता सहभागी छन् । पछिल्लो केही दिनयता कांग्रेसको संस्थापनइतरमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा...

५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा
काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाई आज पनि नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो । चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। उक्त नियुक्तिविरूद्व रिट दायर भएको थियो । यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ कानुन व्यवसायीले दोस्रो दिनको बहस गरेका थिए। उक्त दिन पनि बहस नसकिएपछि रि...

आगामी नीति तथा कार्यक्रमका लागि एमालेले बुझायो प्रधानमन्त्रीलाई सुझाव पत्र

आगामी नीति तथा कार्यक्रमका लागि एमालेले बुझायो प्रधानमन्त्रीलाई सुझाव पत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन् । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समा...

मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन
काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा....

शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी

शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी
काठमाडौं । १५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ । बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् । मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।...

विमानस्थलको आगमनकक्षमा युवकमाथि कुटपिट गर्ने तीन प्रहरी रानीपोखरी तानिए

विमानस्थलको आगमनकक्षमा युवकमाथि कुटपिट गर्ने तीन प्रहरी रानीपोखरी तानिए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्ने तीनजना प्रहरी कर्मचारीमाथि छानबिन हुने भएको छ । चैत ३१ गते दुबईबाट नेपाल फर्किएका सञ्जय ओझालाई उनीहरूले हातपात गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो । प्रहरीले विमानस्थलको आगमनकक्षाबाट नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेका थिए । लगेज ट्रलीमा राखेको विषयमा भएको सामान्य विवादको विषयमा आफूमाथि दुर्व्यवहार भएको सञ्जयले बताएका छन् । सोही भिडियोका आधारमा तीनजना प्रहरी कर...

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद बैठक आह्वान गरेका छन् । राष्ट्रपतिले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको हङकङमाथि सहज जित

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको हङकङमाथि सहज जित
काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङलाई पराजित गरेको छ । आज तल्लो मुलपानी मैदानमा भएको खेलमा नेपाली घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो। ११६ रनको समान्य लक्ष्य पाएको नेपालले १२.३ ओभरमा मात्रै एक विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर निरजकुमार यादवले २३ रन बनाउँदा शाहिल पटेल र नरेन भट्टले अविजित पारी खेले। शाहिलले ४१ बलमा नटआउट ४२ रन बनाउँदा नरेनले मात्रै २३ बलमा ३९ रन बनाए। शाहिल र नरेनले समान ८/८ चौका प्रहार गरे। हङकङका श...

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी

पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी
काठमाडौं । मधेश प्रदेका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो । उनीविरूद्व चार दिनअघि नै पक्राउ पुर्जी जारी भएको हो । डा. अहिराजले एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको उजुरी परेको छ । उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । २०३६ साल जेठमा रौतहटको संग्रामपुरमा जन्मिएका राजेश...

यौन दुर्व्यवहारमा परी ज्यान गुमाएकी सदायको घटनाबारे छानविन गर्न गृहमन्त्रीको निर्देशन

यौन दुर्व्यवहारमा परी ज्यान गुमाएकी सदायको घटनाबारे छानविन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका( ३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सदाय मंगलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् । गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ । मृतक ...