मुख्य समाचार

उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिदाँ नेपालबाट उपप्रमुख डंगोल मात्र चयन भएकी हुन् । डंगोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी छन् । यस समूहमा ४० वर्षभन्दा कम ...

रामेछापबाट लुक्ला उडेको जहाजमा समस्या, काठमाडौंमा अवतरण गराइयो

काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ । लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या देखिएको हो । जहाजलाई अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान र अवतरण रोक्नु परेको थियो । विमानमा हायड्रोलिक समस्या देखिएको बताइएको छ । विमान सकुशल अवतरणपछि ट्रयाक्टरले तानेर पार्किङमा लगेर राखिएको हो ।

आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन सरकारको अनुरोध

आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन सरकारको अनुरोध
काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आ–आफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले संघीय संसद्मा विचाराधीन...

ओली सरकारको राम्रो पर्फर्मेन्स दिन नसकेको गगन थापाको टिप्पणी

ओली सरकारको राम्रो पर्फर्मेन्स दिन नसकेको गगन थापाको टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले राम्रो पर्फर्मेन्स दिन नसकेको फेरि एकपटक टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ, गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् ।’ साथै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको पनि ...

वीरगन्जगमा १२ घण्टा थपियो कर्फ्यु

वीरगन्जगमा १२ घण्टा थपियो कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगन्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । यसअघि आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको कर्फ्युको समय बढाएर मध्यराति १२ सम्म लम्ब्याइएको हो। शनिबार हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासनले साँझ साढे ७ बजेदेखि आज दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर दुई पक्षबीच अझै सहमति हुन नसकेकाले कर्फ्य...

प्रचण्डको फेरि अस्थिर राजनीति सुरुः कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड, अब देश त्यही दिशातिर देश जान्छ

प्रचण्डको फेरि अस्थिर राजनीति सुरुः कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड, अब देश त्यही दिशातिर देश जान्छ
चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् । आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे । पत्रकारले नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ ? भनेर सोधेका थिए । जवाफमा उनले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोर्‍याएको टिप्पणी गरे । प्रचण्डले भने, ‘हाम्रो ध्यान चैँ सरकारतिर त्यति छैन । तर परिस्थि...

सुनको मूल्य फेरि बढ्यो, हालसम्मकै उच्च

सुनको मूल्य फेरि बढ्यो, हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा एक हजारले बढेर रु एक लाख ८६ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९०५ मा कारोबार भएको चाँदी आज रु १० ले बढेर रु एक हजार ९६० पुगेको छ ।

धवल र रवीन्द्र मिश्रलाई रिहा गर्नेबारे सरकार आन्तरिक परामर्शमा

धवल र रवीन्द्र मिश्रलाई रिहा गर्नेबारे सरकार आन्तरिक परामर्शमा
काठमाडौं । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको हो । गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाएका...

वीरगञ्जमा कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ

वीरगञ्जमा कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ
पर्सा, । पर्सा प्रहरीले कर्फ्यू उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । स्थानीय प्रशासनले तोकेको आदेश विपरीत कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाह...

कर्फ्यूले वीरगञ्ज सुनसान

कर्फ्यूले वीरगञ्ज सुनसान
पर्सा । पर्सामा दुई पक्षबीच झडप भएपछि लगाइएको कर्फ्यूका कारण आइतबार बिहान वीरगञ्ज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुवै पक्षबीच झडपमा भएको थियो । दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लगाएको हो । अहिले पनि कर्फ्यू जारी छ भने सडक तथा चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पर्साका प्रमुख जिल...