बाढी र पहिरोले देशभरका राजमार्ग अवरुद्ध
काठमाडौं । लामोसमयपछि भएको वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण अवरुद्ध भएको काभ्रेको विपि राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको चारसयवेशी, घुमाउने र पिप्लेमा एकतर्फी सडक सुचारु भएको नेपाल प्रहरीले जनाएको छ । साथै अरनिको राजमार्गअन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो।
यसैगरी धादिङको पृथ्वी लोकमार्गअन्तर्गत वेनिघाटरोराङ गाउँपालि...









