दुर्गा प्रसाईंलाई भद्रपुरबाट १०ः४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याइँदै
काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल भित्र्याइसकिएको छ । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट आज शुक्रबार नेपाल भित्र्याइएको हो । अब उनलाई भद्रपुर विमानस्थलबाट बिहान १०ः४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरी स्रोतले नेपालखबरलाई जानकारी दिएको छ ।
राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाड...







