मुख्य समाचार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
काठमाडौँ, २२ पौष । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले)मा फर्कीएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन् । मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुुहुन्छ । बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीत...

सार्वजनिक यातायातको भाडादर वृद्धि

सार्वजनिक यातायातको भाडादर वृद्धि
काठमाडौँ, २२ पौष । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

स्टार्टअपका नयाँ आवेदकलाई चैत १५ देखि कर्जा

स्टार्टअपका नयाँ आवेदकलाई चैत १५ देखि कर्जा
काठमाडौँ, २२ पौष । स्टार्टअप उद्यम कर्जाका लागि आवदेन परेकामध्ये पहिलो चरणका लागि १ हजार ३ सय १४ वटा परियोजना छानिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ मा सूचना सार्वजनिक गर्दै २१ दिनभित्र परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । त्यस बेला स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार २ सय ५० उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये एक हजार ३ सय १४ परियोजना दोस्रो चरणको मूल्यांकनका लागि छानिएका हुन् । छानिएका परियोजनाले आगामी पुस २८ देखि चैत ११ सम्म ...

भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट

भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट
काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको विमानलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ। उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको कम्पनीले जनाएको ...

काठमाडौँमा ‘चाइना फिल्म डे’ आयोजना हुने

काठमाडौँमा ‘चाइना फिल्म डे’ आयोजना हुने
काठमाडौँ, २० पौष । काठमाडौँमा पहिलो पटक आयोजना हुने भएको छ । यही पुस २५ (जनवरी ९)मा ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने कार्यक्रमको उद्देश्य नेपाल र चाइनाको सांस्कृतिक आदानप्रदान रहेको छ । चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रमले दुवै देश बिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारी करणमा सहकार्य हुने लक्ष्य राखिएको छ । कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गर...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित

राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । काठमाडौँमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहान पुनः बस्नेगरी स्थगन भएको सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिए । भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएका...

शिक्षा क्षेत्र सुधारका निम्ति व्यापक जनदबाब आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

शिक्षा क्षेत्र सुधारका निम्ति व्यापक जनदबाब आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ, १७ पौष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका निम्ति आवाज उठाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै यसका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताएका हुन् । केही पुराना भन्नेहरूले आन्दोलनभित्र पसेर लाभ लिने र चुनावको रोटी सेक्ने प्रवृत्ति रहेकाले सजग हुन उनले सुझाव दिए । भट्टराईले युवाको सक्रि...

तीन विश्वविद्यालयका उपकुलपतिको सपथ

तीन विश्वविद्यालयका उपकुलपतिको सपथ
काठमाडौँ, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको सपथ भएको हो । प्रधानन्त्री ओलीले नव...

तीन वर्षभित्र तीन लाख युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री गुरुङ

तीन वर्षभित्र तीन लाख युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री गुरुङ
काठमाडौँ, २९ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । आज यहाँ लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरे । उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट व्यवस्थापन गरी आइटी क्षेत्रमा आवश्यक काम थालनी गर्ने बताए । यसका ला...

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

टेलिकमका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूर संचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सो संस्थाका कर्मचारीहरुबाट जम्मा गरिएको रकम हस्तान्तरणका क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति भएकोले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको हो । उहाँले उपकरण र प्रविधिका लागि कुनै सहयोग परेमा सरकारले गर्ने विश्वास दिँदै ...