मुख्य समाचार

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
२२ फागुन, काठमाडौं । आज पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक र सवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

आमसभा स्थगित गरेर पूर्वराजालाई विमानस्थलमा स्वागत गर्दै राप्रपा

आमसभा स्थगित गरेर पूर्वराजालाई विमानस्थलमा स्वागत गर्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वनिर्धारित आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखेको छ । पूर्वराजा शाह आगामी २५ फागुनमा पोखराबाट काठमाडौं आउँदैछन् । सोही दिन राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो । तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ । ‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठम...

आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
हिउँदे अधिवेशन सुरु भएको एक महिनापछि दोस्रोपटक भूमिबाहेकका ५ अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यसअघि भने ६ अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेकोमा संसद सुरु हुनुअघि कार्यसूचीबाट हटाइएको थियो । २० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगि...

मन्त्रालयले थाल्यो श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन

मन्त्रालयले थाल्यो श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन
काठमाडौँ । श्रमसम्बन्धी विषयमा सरकारलाई परामर्श दिन गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्ले श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठ्कले आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी नयाँ न्यूनतम तलब निर्धारण गर्ने प्रक्रिया अगाडि बढाएको हो । हाल श्रमिकको न्यूनतम पारिश्रमिक १० हजार ८ सय २० रुपैयाँ र महँगी भत्ता ६ हजार ४ सय ८० सहित १...

भूकम्पबाट तिब्बतमा ९ जनाको मृत्यु

भूकम्पबाट तिब्बतमा ९ जनाको मृत्यु
काठमाडौँ, २३ पौष । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु भइसकेको चिनियाँ समाचार स‌ंस्था ग्लोबल टाइम्सले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो । तिब्बतमा र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो । पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो । ...

फणिन्द्र नेपाल पक्राउ

फणिन्द्र नेपाल पक्राउ
काठमाडौँ, २२ पौष । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले प्रहरीले नियन्त्रणमा हो । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।

शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंद्वारा आन्दोलन स्थगित

शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंद्वारा आन्दोलन स्थगित
काठमाडौँ, २२ पौष । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् । आज माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् । शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौँ आएका थिए । काठमाडौँमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखी...

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
काठमाडौँ, १८ पौष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको शिक्षा मन्त्री विद्या भट्टराईले जनाएको छ । उनले भनिन्, ‘मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ,’ । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पन...

जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम

जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम
काठमाडौँ, २० पौष । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई क्षमता विकास तालिम दिन लागेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई तालिमबाट क्षमता विकास गराउने उद्देश्यले तालिम दिन लागिएको महानगरपालिकाले जनाएको छ । यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा...

नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश

नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश
काठमाडौँ, २२ पौष । सर्वोच्च अदालतले नेपाल टेलिकमको नाममा दुई बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल टेलिकमले खरिद गर्न लागेको नयाँ बिलिङ सिस्टमका बारेमा परेको रिटमा फैसला सुनाउँदै कुनै पनि कम्पनीलाई ठेक्का दिँदा व्यक्तिको सूचनामा पहुँच नदिन र वैयक्तिक सूचनामा ख्याल गर्न भनेको हो । दुई बुँदे निर्देशन (क) निवेदकले रिट निवेदनमा बोलपत्र बमोजिमको खरिद गरिने बिलिङ प्रणालीमा प्रत्यर्थी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवा ग्राहीहरूको मोबाइ...