शिक्षा समाजको आधारभूत स्तम्भ : उपराष्ट्रपति यादव
काठमाडौँ, १५ पौष । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् ।
उपराष्ट्रपति यादवले सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युगअनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिष्कृत र परिमार्जित गर्दै व्यावहारिक बनाउन उत्तिकै आवश्यक रहेक...



