शिक्षा

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा
काठमाडौं । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूले सडकमै नाचगान समेत गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भए अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।

स्ववियु निर्वाचन : नेतृत्व स्थापित गर्ने थलो

स्ववियु निर्वाचन : नेतृत्व स्थापित गर्ने थलो
काठमाडौँ । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदैछ । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन सहभागी हुँदैछन् । निर्वाचनका माध्यमबाट विद्यार्थीले वैचारिक नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिका...

पीएन क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते हुने

पीएन क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन चैत १० गते हुने
पोखरा । विद्यार्थी संगठनको विवादका कारण रोकिएको पोखराको पृथ्वीनारायण ’पीएन’ क्याम्पसको स्ववियु निर्वाचनलाई नयाँ मिति तोकिएको छ । क्याम्पस प्रमुख डा. रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरी चैत १० गते निर्वाचन मिति तय भएको बताएका हुन् । नयाँ निर्वाचन तालिकाअनुसार चैत १० गते आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चुनाव हुनेछ । निर्वाचनको मौन अवधि चैत ७ गते राति १२ बजेदेखि लागू हुने बताइएको छ । त्यस्तै यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन रोकिए पनि त्यसदिन निर्वाचन गराउन ...

सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस २०८१’ भव्य रूपमा सम्पन्न

सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस २०८१’ भव्य रूपमा सम्पन्न
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस –२०८१’ भव्य रूपमा सम्पन्न भएको छ । कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्व तथा शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङको प्रमुख आतिथ्यमा लरेन्स सोसल वर्क क्लबले आयोजना गरेको उक्त कार्यक्रम ‘विश्व सामाजिक दीर्घकालीन कल्याणका लागि अन्तरपुस्तीय एकता’ भन्ने नाराका साथ सम्पन्न भएको हो । कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले स्वागत राखेर अघि बढेको कार्यक्रममा उपस्थित अतिथि वक्ताहरूले सामाजिक कार्यको...

एसईई परीक्षा शान्तिपूर्ण रूपमा जारी, ४८ कैदीबन्दी पनि सहभागी

एसईई परीक्षा शान्तिपूर्ण रूपमा जारी, ४८ कैदीबन्दी पनि सहभागी
काठमाडौं । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपूर्ण रूपमा जारी रहेको छ । देशैभरीका २ हजार ७९ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजेदेखि सुरू भएको परिक्षा ११ः०० बजे सकिनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ । केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन ल...

उपत्यकाका आङ्गिक क्याम्पसमा यस्तो छ स्ववियु निर्वाचनको मतपरिमाण

उपत्यकाका आङ्गिक क्याम्पसमा यस्तो छ स्ववियु निर्वाचनको मतपरिमाण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्...

रामेछापको मन्थली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछापको मन्थली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) अनोज भुजेल ६५ मत पाएका छन् । सचिवमा अनेरास्वियुका मुकेश...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकूलपति वाग्लेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकूलपति वाग्लेले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्रा।डा।अच्युतप्रसाद वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री एवं कूलपति केपी शर्मा ओलीसमक्ष उपकुलपति डा।वाग्लेले सपथ लिएका हुन् । कूलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा।वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ ९४० बमोजिम सोमबार...

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
काठमाडौँ, १८ पौष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको शिक्षा मन्त्री विद्या भट्टराईले जनाएको छ । उनले भनिन्, ‘मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ,’ । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पन...

विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण

विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण
काठमाडौँ, १९ पौष । कैलालीको टीकापुर नगरपालिका– ४ ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरुको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको हो । वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताए । “यति धेरै समस्या र गरिबी भएर प...