मनोरञ्जन

श्रद्धा कपूर बनिन् बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

श्रद्धा कपूर बनिन् बलिउडकै सबैभन्दा महंगो महिला कलाकार
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले कीर्तिमानी कमाइ गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन् । हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक ना...

‘जार’ नेपाली सिने उद्योगलाई उचाइ दिने चलचित्र

‘जार’ नेपाली सिने उद्योगलाई उचाइ दिने चलचित्र
काठमाडौँ । चलचित्र ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने निर्माणपक्षले बताएको छ । ‘जार’ रिलिज भएपछि नेपाली चलचित्र उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ । वैशाख २६ गते प्रदर्शन हुने चलचित्र विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए । “विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ । त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु,” निर्देशक लामाले भने, “प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ । प्राव...

‘शिरफूल’ले हलबाट उठायो साढे १८ हजार रुपैयाँ

‘शिरफूल’ले हलबाट उठायो साढे १८ हजार रुपैयाँ
काठमाडौं । नेपाली चलचित्र ‘शिरफूल’ विसं। २०८१ मा सबैभन्दा थोरै ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । ०८१ मा रिलिज भएका ६२ वटा नेपाली चलचित्रमध्ये ‘शिरफूल’ले सबैभन्दा थोरै कलेक्सन गरेको हो । ‘शिरफूल’ले जम्मा १८ हजार ५०० रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टमा उल्लेख छ । ८९ वटा टिकट बिक्री हुँदा यो चलचित्रको कलेक्सन १८ हजार ५०० रुपैयाँ भएको तथ्यांक छ । ‘शिरफूल’ साउन १८ गते रिलिज भएको थियो । यो सँगै अर्को नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज भएको थियो ।...

प्रकाश सपुतको पक्षमा उभिए दीपकराज गिरी

प्रकाश सपुतको पक्षमा उभिए दीपकराज गिरी
काठमाडौं । अभिनेता दीपकराज गिरी गायक तथा अभिनेता प्रकाश सपुतको पक्षमा खुलेका छन् । सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेपछि उनलाई सामाजिक सञ्जालमा आलोचना गरिएको विषयमा गिरीले आपत्ति जनाएका हुन् । फेसबुकमा आफ्नो छोटो टिप्पणीमा गिरीले लेखेका छन्, ‘प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनियो !! मानौँ तारिफको सट्टा गाली गरेको भए ? अर्को पक्षले बहिष्कार भन्थ्यो होला यस्को अर्थ समाज क्रुरता तर्फ…. ।’ कलाकार गिरीले आफ्नो टिप्पणीमार्फत समाजमा बढ्दो असहिष्णुताप्...

मानसी घोषले जितिन् इन्डियन आइडल–१५ को उपाधि

मानसी घोषले जितिन् इन्डियन आइडल–१५ को उपाधि
मुम्बई । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडल–१५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड्गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रो स्थानमा राख्दै उनी प्रथम भएकी हुन् । फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि भोटका आधारमा मानसी विजयी घोषित भएकी हुन् । पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन् भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख र...

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ सार्वजनिक

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ । गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ। सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अभि वाग...

‘जनै हराएको बाहुन’को शुभमुहूर्त, ४० दिनमा छांयाकन सकिने

‘जनै हराएको बाहुन’को शुभमुहूर्त, ४० दिनमा छांयाकन सकिने
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानीलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । सोबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो । ‘जनै हराएको बाहुन’...

‘मालती’ नेपालकै महँगो म्युजिक भिडियो बनाइएको दाबी

‘मालती’ नेपालकै महँगो म्युजिक भिडियो बनाइएको दाबी
काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो लगानीमा म्युजिक भिडियो निर्माण गरिएको दाबी गरिएको छ । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख रुपैयाँ बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताएका छन् । यो भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् । बुधबार परेको अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक स्वरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन् । यो गीतको एक साताभन्दा बढी समय ...

मुरलीधरको नयाँ गीत ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’ सार्वजनिक

मुरलीधरको नयाँ गीत ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’ सार्वजनिक
काठमाडौं । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिए । प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेका छन् । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गरेको भिडियोमा दीपक गिरीले छायाङ्क...

यस्तो छ फिल्म ‘पिताम्बर’को ट्रेलर

यस्तो छ फिल्म ‘पिताम्बर’को ट्रेलर
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ । ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । ...