जातीय विभेद र समाजको परिवर्तनको कथा ‘वसन्त’को पर्दामा छ—प्रकाश सपुत
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’ आगामी चैत २२ गते रिलिज हुँदैछ । जातीय विभेदको कथा उठान गर्ने उद्देश्यसहित बनेको चलचित्र चैत्र २२ मा आउन लागेको हो । डेब्यु निर्देशक प्रकाशले विपन्न विश्वकर्मा समूदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमामा रहेको बताए । साथै, उनले चलचित्र वसन्त एउटा सामाजिक नेपाली कथानक मौलिक चलचित्र भएको समेत बताए ।
उनले भने, ‘चलचित्र वसन्त चाहिँ २०६०–६२ देखि ६३ को ...









