मनोरञ्जन

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा

आज पहाडी जिल्लामा होलीको उल्लास, सार्वजनिक बिदा
रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव ...

आना र सुशान्तलाई प्रश्न : ‘ब्रेकअप’ प्रचारको फण्डा मात्रै ?

आना र सुशान्तलाई प्रश्न : ‘ब्रेकअप’ प्रचारको फण्डा मात्रै ?
शनिबार भक्तपुरको सल्लाघारी कन्सर्टमा प्रस्तुति दिँदै आना शर्मा र सुशान्त केसी । काठमाडौं । गायक सुशान्त केसीले शनिबार भक्तपुरको सल्लाघारीमा प्रस्तुति दिए । उनलाई सुन्न हजारौं दर्शक सल्लाघारी मैदानमा जम्मा भएका थिए । रात छिप्पिँदै जाँदा उनले एकपछि अर्को हिट गीत सुनाए । यो मेसोमा स्टेजमा अभिनेत्री आना शर्माको उपस्थिती धेरैका लागि ‘सरप्राइज’ दृश्य थियो । सुशान्तले ‘सारंगी’ गाउँदा आनाले नाचेर उनलाई साथ दिइन् । यो दृश्य धेरैका लागि रोमान्टिक र चर्चायोग्य अवश्य हो । जतिबेल...

‘वार २’को सेटमा ऋतिकलाई चोट, रोकिएको छायांकन मेमा हुने

‘वार २’को सेटमा ऋतिकलाई चोट, रोकिएको छायांकन मेमा हुने
मुम्बई । बलिउड स्टार ऋतिक रोशन र साउथ अभिनेता जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’लाई फ्यान उत्सुकतासहित पर्खिरहेका छन् । यो फिल्म यसवर्षको सर्वाधिक प्रतीक्षितमध्येको सूचीमा छ । कलाकार छायांकनमा ब्यस्त छन् । तर, प्रशंसकलाई दुःखित तुल्याउन खबर छायांकन सेटबाट आएको भारतीय संचारमाध्यमले जनाएका छन् । विवरणमा जनाइएअनुसार छायांकनको क्रममा ऋतिकलाई चोट लागेको छ । चिकित्सकले उनलाई करिब १ महिना आराम गर्न सल्लाह दिएका छन् । यो घटनापछि छायांकन रोकिएको छ । के फिल्मको प्रदर्शन मिति प...

दर्शकले घेरिए ‘कुल ब्वाय’, जेन-जी फिल्म ‘होस्टेल ३’को ओपनिङ कति छ ?

दर्शकले घेरिए ‘कुल ब्वाय’, जेन-जी फिल्म ‘होस्टेल ३’को ओपनिङ कति छ ?
काठमाडौं । न कुनै चर्चित अनुहार, बरु यसअघि चलेको हिट फिल्म श्रृंखला ! तरपनि ‘जेन-जी’ फिल्म ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शनिबार बिहानसम्म फिल्मको देशब्यापी कमाइ झण्डै ५४ लाख रुपैयाँ ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । डेढसय शोसहित प्रदर्शनमा आएको फिल्मको शनिबारीय कलेक्सन (सप्ताहन्तसम्म)को जोड्दा १ करोड पार गर्ने प्रक्षेपण गर्न सकिन्छ । वितरकले शुक्रवार देशभरका हलमा करिब ५०% अकुपेन्सी रहेको बताएका छन् । कलाकार शनिबारदेखि दर्शक भेट्न...

ब्राजिलले पाएको पहिलो ओस्कार

ब्राजिलले पाएको पहिलो ओस्कार
युद्धले देशलाई कथा दिन्छ, जुन पछि गएर इतिहास हुन्छ। युद्धले मान्छेलाई व्यथा दिन्छ, जुन पछि गएर आघात बन्छ। त्यही कथा, इतिहास, व्यथा र आघातको दस्तावेज हो– ‘आई एम स्टिल हियर’, जसले ब्राजिललाई पहिलो ओस्कार दिलायो। ओस्कार वितरण हुने दिनभन्दा ठ्याक्कै दुई दिन अघि मात्र मैले ‘आई एम स्टिल हियर’ हेरेको थिएँ। फिल्म सकिंदासम्म मेरा आँखा रसाइसकेका थिए। फिल्मले पुन: एकपटक मलाई बोध गराएको छ, हामीले बाँचेका युद्ध फरक छन्, तर हामीले भोगेका व्यथा एउटै। ब्राजिलियन फिल्म ‘आई एम स्टि...

किन टुट्छ सम्बन्ध ? यी हुन् ३ ठूला कारण

किन टुट्छ सम्बन्ध ? यी हुन् ३ ठूला कारण
विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध टुट्ने अवस्था सम्म पुग्छ । यस्तो बेला वैवाहिक जीवनलाई सफल बनाउन गाह्रो हुन्छ तर सही समयमा सही कदम चाल्ने हो भने यसलाई टुट्नबाट जोगाउन सकिन्छ । सम्बन्धमा खुलेर कुरा गर्ने, विश्वास कायम राख्ने र एक-अर्काको सम्मान गर्ने वैवाहिक सम्बन्धलाई बलियो बनाउने मुख्य उपाय हुन् । यदि यी कुराहरूलाई ध्यानमा राखियो भने सम्बन्ध बलियो हुनुको साथै वैवाहिक जी...

चलचित्र ‘भूठान’को कागजको खोस्टो गीत सार्वजनिक

चलचित्र ‘भूठान’को कागजको खोस्टो गीत सार्वजनिक
२३ फागुन, काठमाडौं । हरिवंश आचार्यको चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । परदेशिएर वा घर देखि टाढा भएकाहरूलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ–ठाउँ पुगौं भन्ने सन्देश यो चलचित्रको टिजरले दिएको छ । शुक्रबार...

‘इन्गेजमेन्ट’ चर्चाबारे के भन्छिन् सृष्टि ?

‘इन्गेजमेन्ट’ चर्चाबारे के भन्छिन् सृष्टि ?
विहिबार आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री सृष्टि श्रेष्ठ । काठमाडौं । गत महिना अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच ‘इन्गेजमेन्ट’को चर्चा चल्यो । डेटै तोकेर चैत ३ गते इन्गेजमेन्ट हुने हल्ला फिल्म वृत्तमा थियो । यसका लागि सौगातले फिल्म ‘कल्ली’को सेड्युल समेत पर सारेको चर्चा थियो । अहिले पनि यी दुईजनालाई इन्गेजमेन्टको प्रश्नले पछ्याइरहेको छ । आगामी फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सृष्टिलाई विवाह र इन्गेजमेन्टबारे प्रश्न सोधियो...

एलिना र दुर्गेश बने फेब्रुअरीमा ‘युट्युब चार्ट’मा धेरै हेरिने नेपाली संगीतकर्मी

एलिना र दुर्गेश बने फेब्रुअरीमा ‘युट्युब चार्ट’मा धेरै हेरिने नेपाली संगीतकर्मी
NCELL काठमाडौं । दुर्गेश थापा र एलिना चौहान पछिल्लो एक महिनामा युट्युब चार्टमा नेपालभित्र धेरै हेरिने/सुनिने नेपाली संगीतकर्मी बनेका छन् । पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले यी दुईलाई चार्टमा माथि ल्याएको हो । फेब्रुअरी ४ देखि मार्च ३ सम्मको ‘युट्युब चार्ट’को डेटाअनुसार, एलिना चौंथो स्थानमा छिन् भने दुर्गेश छैटौं स्थानमा छन् । पहिलो स्थानमा भारतीय गायक अरिजित सिंह, दोस्रोमा अल्का यागनिक, तेस्रो उदितनारायण छन् । उदितपछि चार्टमा एलिना छिन् । ३ करोडभन्दा धेरै पटक ह...

हलमा लागे ‘होस्टेल ३’सहित कोरियाली र जापानी निर्देशकका फिल्म

हलमा लागे ‘होस्टेल ३’सहित कोरियाली र जापानी निर्देशकका फिल्म
काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा ३ नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘होस्टेल ३’सहित हलिउडको ‘मिकी १७’ र जापानको ‘ओभरलड : द सेक्रेड किङडम’ रिलिज भए । ‘होस्टेल ३’को रनटाइम १६५ मिनेट छ । निर्माता, निर्देशक र कलाकार हेरफेरसहित ‘होस्टेल’को तेस्रो श्रृंखला सार्वजनिक भएको हो । विद्यार्थीको होस्टेल र कलेज जीवनको कथावस्तुमा बनेको फिल्मलाई सशान कँडेल ‘सन्तोष’ले निर्देशन गरेका हुन् । ‘जेन-जी’ पुस्ताका दर्शकलाई यो फिल्मको कथावस्तु रुचिकर हुनसक्छ । शुक्रबार बिहान यो...