अर्थ

मुग्लिन–नारायणगढ सडक ४ घण्टापछि एकतर्फी खुल्यो

मुग्लिन–नारायणगढ सडक ४ घण्टापछि एकतर्फी खुल्यो
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने तुईनखोलामा दुर्घटना भएको ट्रक सडकबाट उठाइएपछि एकतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार बिहान ७ बजे ट्रक सडकमै पल्टिएर दुर्घटना भएपछि दुबैतर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध थियो। अवरुद्ध सडक करिब ४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ७ बजे वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको कोइला लोड ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। मधेस प्रदेश ०३(००१ख ९८१७ नम्बरको उक्त ट्रक आफै अनियन्त्रित भई पल्टिँदा सडकका ...

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने
काठमाडौं । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए । पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए । पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । अष्ट्रे...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त...

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा
काठमाडौं। ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच ज...

संघद्वारा वैदेशिक रोजगारका समस्याबारे महानिर्देशक भट्टराईको ध्यानाकर्षण

संघद्वारा वैदेशिक रोजगारका समस्याबारे महानिर्देशक भट्टराईको ध्यानाकर्षण
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा देखिएका समस्यासहित प्रमुख ३ समस्या तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको छ । संघको नेतृत्वले नवनियुक्त महानिर्देशक भट्टराईलाई बिहीबार विभागमा भेट गरेर बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित वैदेशिक रोजगार प्रशासनमा रहेका समस्या अवगत गराउँदै समाधानका लागि आग्रह गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए । संघले फेमि...

बजारमा मासुको मूल्य आकाशियो, उपभोक्ता मारमा

बजारमा मासुको मूल्य आकाशियो, उपभोक्ता मारमा
काठमाडौं । संघीय राजधानी काठमाडौंका साथै देशभरी नै पछिल्लो समय मासुको खपत बढेसँगै मूल्य आकाशिएको छ । माग बढेपछि पछिल्लो केही महिनायता मासुको मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत मंसिरमा प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय २० रुपैयाँदेखि ४ सय ३५ रुपैयाँसम्म पुगेको छ । यसो त गत वर्ष कुखुराको मासुको मूल्य ह्वात्तै घटेको थियो । बजारमा मासु खपत घटेपछि व्यवसायीले मूल्य घटाएका थिए । तर पछिल्लो समय बजारमा मासुको माग बढ्दै जाँदा पुनः कुखुरा...

सरकारले समुद्रमै डुबुल्की मारेर गभर्नर खोजिरहेको हो कि भन्ने भान भइरहेको छः पूर्व गभर्नर क्षेत्री

सरकारले समुद्रमै डुबुल्की मारेर गभर्नर खोजिरहेको हो कि भन्ने भान भइरहेको छः पूर्व गभर्नर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले मुलुकको समस्या बुझेर अर्थ मन्त्रालयसँग समन्वय गरी काम गर्ने गभर्नर नियुक्ति गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस पटक गभर्नर नियुक्तिमा राजनीति देखिएको बताए । राष्ट्र बैंकको गभर्नरमा आउने व्यक्तिले दलको झण्डा नबोकेको भए पनि नेताहरुले हाम्रो मान्छे भनेर बदनाम गराइदिएको बताए । गभर्नर नियुक्तिका लागि सरकारले समुद्रमै डुबुल्की मा...

विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आमजनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनि सभामुख समक्ष माग गरेका हुन् । यस्तै, उनले गोरखा र धादिङ जि...

नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने, सांसदहरूलाई ह्वीप

नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने, सांसदहरूलाई ह्वीप
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम आइतबार निणयार्थ पेस हुने भएको छ । वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रम पेस गरेका थिए । नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएकाले सत्तारुढ दल नेकपा एमालेले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाएको मुख्य सचेतक महेश बर्तौलाले बताए । नीति तथा कार्यक्रममाथि अहिले प्रतिनिधि सभामा छलफल जारी छ । आइतबार सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री ...