अर्थ

एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

एकैदिन तोलामा १४ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको थियो । यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँम...

दार्चुला–टिंकर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला–टिंकर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छांगरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । दार्चुला–टिंकर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि नि...

राज्यको विडम्वनाः ७ सार्वजनिक संस्थान निजीकरण तयारी

राज्यको विडम्वनाः ७ सार्वजनिक संस्थान निजीकरण तयारी
काठमाडौं । सरकारले ७ सार्वजनिक संस्थान निजीकरण गर्ने तयारी गरेको छ । १५ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले अहिले रुग्ण अवस्थामा रहेका सात सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यो निर्णय रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान निजीकरणमा लैजान आवश्यक प्रक्रिया अन्तर्गत अगाडि बढेको हो । अर्थ मन्त्रालयले सरकारी लगानी व्यवस्थापन कार्यविधि २०८२ स्वीकृत गरेको छ । १० वैशाख २०८२ मा कार्यविधि स्वीकृ...

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको ...

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन्  श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ । यस्तै, आज युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रुपैयाँ ८० पैसा र बिक्रीदर १८१ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर...

मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको सांसद प्रभु साहको आरोप

मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको सांसद प्रभु साहको आरोप
काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’ मल पाउँदा पनि सरकारले दिने पसलमा नभएर अन्यत्रै महँगोमा मात्रै पाउने अवस्था रहेको बताए । ‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय गरिरहेको छ ।’ किसानलाई लुटेर महल जोड्ने काम भइर...

व्यापारी अमित अग्रवाल जेल चलान

व्यापारी अमित अग्रवाल जेल चलान
काठमाडौं । व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । हिजो स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि जेल चलान भएका हुन् । जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् । नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको स्तरोन्नती गर्नमा भएको ढिलाई र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतिहरुलाई विश्लेषण गर्दा यो निर्देशन अर्थपूर्ण रहेको छ। सूचना...

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अनुदान पनि कटौती गरेको थियो । अर्थ मन्त्रालयले यही वैशाख १६ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्तावापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको हो । अर्थ मन्त्रालयको ...