फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयले दियो १ महिना, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा, एक्सलगायतलाई एक महिनाभित्र सूचीकरण हुन भनेको छ । हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्...









